×

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ

images

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला १० रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।  

बुधबार १८ पुस २०८० १२:५३ PM मा प्रकाशित

प्रतिक्रिया