काठमाडौं – आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज घरेलु टोली स्कटल्यान्डविरुद्ध खेल्दै छ । नेपालले स्कटल्यान्डसँग खेल्दै चौथो चरणको सिरिजको सुरुवात गर्न लागेको हो । पहिलो खेल सोमबार दिउँसो नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ ।
नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय यस सिरिज आजदेखि सुरु हुन लागेको हो । सात महिलापछि लामो ढाँचाको सिरिजमा फर्किएको नेपाललाई लिग–२ मा टिकिराख्न आगामी खेल जित्नैपर्ने दबाब छ ।
नेपालले यसअघि लिग–२ अन्तर्गत २०२४ को नोभेम्बरमा अमेरिकामा नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित सिरिज खेलेको थियो । नेपाल र स्कटल्यान्डबीच यसअघि भएका भिडन्तमा नेपाल बलियो देखिएको छ ।
यसअघि भएका आठ एक दिवसीय खेलमा नेपालले चार जित र स्कटल्यान्डले तीन जित निकालेको छ । एक खेल भने रद्द भएको थियो । सोमबारदेखि लिग–२ खेल्नुअघि नेपालले स्कटल्यान्डको ‘ए’ टिमसँग दुई वटा अभ्यास खेल खेल्ने मौका पाएको थियो ।
नेपाले यस सिरिजको पहिलो खेल सोमबार (आज) स्कटल्यान्ड, बुधबार नेदरल्यान्ड्स, आइतबार स्कटल्यान्ड र मङ्गलबार नेदरल्यान्ड्ससँग खेल्ने छ । त्यसपछि तीन टोलीबिच टी–२० सिरिज हुने छ ।
प्रतिक्रिया