×

करातेकी सोनी राईले प्राप्त गरिन् तेस्रो डानको उपाधी

images

दुबईमा बिगत २ बर्ष देखी कराते प्रशिक्षण गराउदै आएकी करातेकी खेलाडी तथा प्रशिक्षक सोनी राईले दुबईमा सफलताका साथ जेकेए सोतोकान करातेको तेस्रो डान उपाधी प्राप्त गर्न सफल भएकी छन । दुबईको कराते ३६५ क्लबमा आबद्ध भएर कराते प्रशिक्षण गराईरहेकी सोनीलाई जापान बाट आएका कराते सेन्से सिहान कोइचिरो ओकुमाले डान प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

यस अघी नेपाल पुलीस क्लबमा आबध्द राईले ९ औं राष्ट्रिय गेममा स्वर्ण पदक, प्रथम मेयर कप २०२२ मा स्वर्ण पदक, प्रथम र दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक लगायत बिभिन्न राष्ट्रिय खेलहरुमा पदक जित्न सफल भएकी थिईन ।


त्यसैगरी २०२४ मा दुबईको इकोनोमी र पर्यटन विभाग तथा दुबईका युवराज, शेख हमदान बिन मोहम्मद बिन रशिद अल मकतूम द्वारा प्रवर्धन गरिएको दुबई फिटनेस च्यालेन्जमा कोचको भुमिका निर्वाह गर्दै सफलताका साथ कराते प्रशिक्षण गराएकी थिईन । राई नेपालको तर्फ बाट कराते प्रशिक्षण  गराउने पहिलो नेपाली कराते कोच बन्न सफल भएकी थिईन ।

शुक्रबार​ १९ बैशाख २०८२ ०४:१९ PM मा प्रकाशित

प्रतिक्रिया