×

हैदराबादलाई घरमा राजस्थानको चुनौती

images

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएल २०२३ मा आज आईतबार दुई खेल हुदैछ । आजको पहिलो खेलमा सनराईजर्स हैदराबाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने ४ मा हैदराबादको घरेलु मैदान राजिब गान्धी क्रिकेट स्टेडियम हैदराबादमा सुरु हुनेछ।

यस सिजनको पहिलो खेल खेल्न लागेका दुवै टोलीका लागि यो खेल महत्वपुर्ण रहेको छ । सानदार सुरुआत दुवै टोलीको लक्ष्य रहँदा खेल रोमान्चक तथा प्रतिस्पर्धात्मक हुने अनुमान रहेको छ । हैदराबादको कप्तानीको नयाँ जिम्मेवारी एडम माक्ररम पाएका छन् । पहिलो खेलमा माक्ररम उपलब्ध नरहने हुँदा हैदराबादको कप्तानमा भारतीय तीव्र गतिका बलर भुवनेश्वर कुमार रहने सम्भावना रहेको छ ।

गत १५ औं सिजन हैदराबादको कप्तानी केन विलियम्सले गरेका थिए । तर, हैदराबादले उनलाई २०२३ को आईपीएल अक्सन अगाडी टोलीबाट फुकुवा गरेको थियो । हैदराबादको रिटेन सुचीमा रहेका एडम माक्ररम हैदराबाटको कप्तान नियुक्त भएका थिए । यता राजस्थान नियमित कप्तान सन्जु सामसनका कप्तानीमा मैदान उत्रनेछ ।

हैदराबादमा रहेका दक्षिण अफ्रिकाका एडम माक्ररम,हनेरिक क्लेसन र मार्को यानसनले राजस्थानविरुद्धको पहिलो खेल गुमाउनेछन् । तीनै जना दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टोलीमा रहेका छन् । शनिबार नेदरल्यान्ड्ससँग अन्तिम खेलपछि मात्रै उनीहरु हैदराबादसँग जोडिनेछन् ।

आजको खेलका लागि हैदराबादका प्रमुख ब्याटरमा मंयक अग्रवाल,ह्यारि ब्रुक्स,अभिसेक शर्मा र राहुल त्रिपाटी आदी रहेका छन् । हैदराबादका प्रमुख बलरमा भुवनेश्वर कुमार,टि नटराजन,अकिल हुसेन आदि रहेका छन् । उता,राजस्थानका लागि ओबेड म्याकोइ पहिलो खेलमा उपलब्ध हुने वा नहुने पूरा जानकारी आईसकेको छैन ।

मेरुदन्डमा समस्याका कारण प्रसिद्ध कृष्णाले पूरा आईपीएल गुमाईसकेका छन् । सन्दीप शर्मा उनको स्थानमा टिममा रहेका छन् । कप्तान सन्जु,जोस बटलर,शिमरन हिटमायर राजस्थानका प्रमुख ब्याटरका रुपमा रहेका छन् । युजभेन्द्र चहल,ट्रेन्ट बोल्ट,रविचन्द्रन आश्विन राजस्थानका प्रमुख बलर हुन् । एजेन्सी

आइतबार​ १९ चैत २०७९ ०१:३८ PM मा प्रकाशित

प्रतिक्रिया