×

‘स्थानीय तह निर्वाचनमा विभिन्न दलसँग तालमेल हुन सक्छ’

images

उदयपुर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलसँग तालमेल हुन सक्ने बताउनुभएको छ । पार्टीको कार्यक्रमका लागि जनकपुर आइपुग्नुभएका अध्यक्ष लिङ्देनले जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्थानीय तहको निर्वाचनमा विभिन्न दलहरुसँग चुनावी तालमेल हुन सक्ने बताउनुभयो । 

यद्यपि अहिलेसम्म औपचारिकरूपमा कुनै राजनीतिक दलसँग तालमेल गर्ने विषयमा कुराकानी नभएको उहाँको भनाइ थियो । देशभरिका सबै स्थानीय तहमा पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै अध्यक्ष लिङ्देनले कुनै दलसँग तालमेल नभए पनि आफ्नो पार्टीले एक्लै उम्मेदवारी दिने तयारी गरेको बताउनुभयो । आफ्नो पार्टीले जितेको स्थानीय तहलाई नमूनाका रूपमा विकाससँगै जनतालाई प्रत्यक्षरूपमा सेवा सुविधा दिइएको र शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक विकास, र सुशासनको अनूभुति गराएको दाबी गर्नुभयो । 

भ्रष्टाचार अन्त्य गरिने

अध्यक्ष लिङ्देनले वर्तमान सङ्घीय गणतन्त्रात्मक व्यवस्थाभित्र देखा परिरहेका भ्रष्टाचार, कुशासन जस्ता विकृति, संस्कार र राजनीतिक संस्कृतिको अन्त्य गर्ने बताउनुभएको छ ।

    सदरमुकाम गाईघाटमा राप्रपा उदयपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले देशबाट भ्रष्टाचार अन्त्य गर्न र कुशासनविरुद्ध राप्रपा पार्टीले व्यापक अभियान सञ्चालन गरेको बताउनुभयो ।

शुक्रबार​ १८ चैत २०७८ ११:५९ PM मा प्रकाशित

प्रतिक्रिया