×

आईपीएलको उद्घाटन खेलमा गुजरात विजयी

images

काठमाडौँ – इन्डियन प्रिमयर लिग (आईपीएल) को १६औं संस्करणमा साविक विजेता गुजरात टाइटन्सले विजयी सुरुआत गरेको छ ।

गए राति भएको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै गुजरातले अपराजित यात्रा थालेको छ ।

घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा चेन्नाईले दिएको १७८ रनको लक्ष्य गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

इनिङ्समा गुजरातका ओपनर शुभमन गिलले ३६ बलमा ६३ रन बनाए । त्यसपछि विजय शंकरले २७ रनको टिकाउ इनिङ खेले । ऋद्धिमान साहाले १६ बलमा २५ रन बनाएर टिमलाई राम्रो सुरुवात गराएका थिए ।

पावर प्लेको ६ ओभरमा टोलीले ६५ रन बनाएको थियो । साई सुदर्शनले पनि २२ रनको महत्त्वपूर्ण योगदान दिए । उनले गिलसँग ३५ बलमा ५३ रनको साझेदारी गरे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो ।

 पहिले ब्याटिङ गर्दै चेन्नईका ओपनर ऋतुराज गायकवाडले सर्वाधिक ९२ रन बनाए । मोइन अलीले २३ रन बनाए ।

मध्यक्रममा शिवम दुबेले १९ र कप्तान महेन्द्र सिंह धोनीले अविजित १४ रन बनाए ।

शनिबार १८ चैत २०७९ ०९:०७ AM मा प्रकाशित

प्रतिक्रिया