×

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

images

काठमाडौं । सरकारमा सहभागिताबारे निर्णय गर्न आज नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बस्ने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बस्ने बैठकले पार्टीको सरकारमा सहभागिताबारे निर्णय गर्नेछ ।

आजको बैठकमा निर्वाचनको समीक्षासहित पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुुने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन सात दलीय सत्ता गठबन्धनले जोड दिदै आएको छ । सरकारमा सहभागीतासँग एमालेसँग पार्टि एकिरणबारे समेत चर्चा भइरहेको छ ।

एकीकृत समाजवादीले जनवर्गीय सङ्गठनका साथै प्रवासमा रहेका पार्टी निकट सङ्गठन, शुभेच्छुकसँग सुझाव समेत लिएको छ ।

केहीले चुनावमा प्राप्त अभिमतबाट पार्टी प्रतिपक्षमा बसेर अहिले भइरहेको हरेक क्षेत्रको ढिलासुस्ती, भ्रष्टाचार, सामाजिक विकृतिका विरुद्ध क्रियाशील हुनुपर्ने सुझाव समेत दिएका छन् 

शनिबार १६ पुस २०७९ ०९:१७ AM मा प्रकाशित

प्रतिक्रिया