×

बागमती प्रदेश प्रमुखद्वारा तमु ल्होसारको शुभकामना

images

काठमाडौ । १५  पुस : बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले गुरुङ जातिको पर्व तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका तमु समुदायका दाजुभाइ–दिदिबहिनी तथा समस्त नेपालीमा सुख,शान्ति र समृद्धिको कामना गर्नुभएको छ । 

तमु ल्होसारका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा प्रदेशप्रमुख शर्माले ल्होसारलगायत मौलिक पर्वले नेपाली समाजलाई एकापसमा एकताबद्ध गरी  सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ ।

आइतबार​ १५ पुस २०८० १०:४० AM मा प्रकाशित

प्रतिक्रिया