×

रसुवागढी सुरुङभित्र भेटिएनन् प्रभावित, रित्तै फर्कियो नेपाली सेनाको टोली

images

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र थपिएका कामदार वा सर्वसाधारणको स्थिति बुझ्न र उद्धार गर्न गएको नेपाली सेनाको टोली फर्किएको छ। सुरुङभित्रको खोजीका क्रममा कोही पनि नभेटिएपछि सेनाको उद्धार टोली धुन्चे फर्किएको हो।

विपद्‌पछि सुरुङभित्र मानिसहरू फसेको हुनसक्ने आशङ्कामा नेपाली सेनाको विशेष उद्धार टोली अत्याधुनिक उपकरणसहित परिचालन गरिएको थियो। टोलीले सुरुङको विभिन्न भागमा गहन खोजी तथा अवलोकन गरेको थियो।

खोजीका क्रममा सुरुङभित्र कोही पनि फेला नपरेको पुष्टि भएपछि टोली टोलीको कार्य सम्पन्न गरी धुन्चेतर्फ फर्किएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। हाल उक्त क्षेत्रमा अन्य प्रभावित स्थानहरूको खोजी तथा उद्धार कार्य भने निरन्तर जारी रहेको छ।

सोमबार १५ भदौ २०८३ ०१:२० PM मा प्रकाशित

प्रतिक्रिया