काठमाडौँ । देशभर भइरहेको लगातारको वर्षा र त्यसपछि आएको बाढी-पहिरोको अवस्थाबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूसँग आपत्कालीन 'ब्रिफिङ' लिनुभएको छ।
प्रधानमन्त्री निवासमा आयोजित छलफलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूले विपद्को हालको अवस्था, क्षति, र जारी उद्धार तथा राहत कार्यबारे जानकारी गराउनुभएको छ।
ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली खटाउन, प्रभावित नागरिकलाई राहत सामग्री पुर्याउन र जोखिमयुक्त स्थानमा रहेकाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिनुभएको छ। साथै, उहाँले जुनसुकै परिस्थितिमा पनि नागरिकको धनजनको रक्षालाई प्राथमिकतामा राखेर काम गर्न सुरक्षा निकायलाई आग्रह गर्नुभएको छ।
प्रतिक्रिया