काठमाडौँ । रुसमा लगातार दोस्रो दिन पनि भूकम्प गएको छ । बिहीबार बिहान रुसको पूर्वी क्षेत्रको कुरिल टापुहरूमा गएको यस भूकम्पको म्याग्निच्युड ६.५ छ ।
रुसको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार, यसको गहिराइ १० किलोमिटर थियो । यसअघि बुधबार कुरिल टापुहरू नजिकैको समुद्रमा ८.८ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो । जुन अहिलेसम्म रेकर्ड गरिएका सबैभन्दा शक्तिशाली भूकम्पहरूमध्ये छैटौं नम्बरमा छ ।
८.८ म्याग्निच्युडको भूकम्पपछि सुनामीका छालहरू रूस, जापान, चीन र अमेरिका पुगेका थिए । रुसमा यी छालहरू ४ मिटर अग्ला थिए भने अमेरिकामा १ मिटर अग्ला थिए । बुधबार सो क्षेत्रमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । यसबाहेक कामचटकामा भूकम्पपछि ज्वालामुखी पनि विस्फोट भएको थियो ।
प्रतिक्रिया