×

नाउपाको अध्यक्षमा लालवीर चौधरी सर्वसम्मत चयन

images

काठमाडौँ । नागारिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा लालवीर चौधरी सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा सम्पन्न नाउपाको राष्ट्रिय भेलाले सांसदसमेत रहेका चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

यसअघि भेलाले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गर्ने निर्णय गरेको थियो । विधान विपरीत पोखरा निवासी शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष बनाएपछि बसेको भेलाले श्रेष्ठलाई कारवाही गरेको थियो । बहुमत संस्थापक सदस्यको बैठक बोलाएर रञ्जितालाई २४ घन्टे स्पष्टीकरण सोधिएको थियो र रञ्जिताले स्पष्टीकरण पेस नगरेपछि अनुशासन समितिले राष्ट्रिय भेलामा कारबाहीका लागि प्रस्ताव पेस गरेको थियो । बुधाबर भेलाको पहिलो बैठकले अध्यक्ष श्रेष्ठलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्ने निर्णय गरेको ।

अर्कोतर्फ रञ्जिताले भने आफु अहिले पनि नाउपाको अध्यक्ष रहेको भन्दै विधान विपरित बोलाइएको भेला नमान्ने बताएकी छन् । रञ्जिताले पार्टी विरोधी गतिबिधि गरेको भन्दै संसदीय दलका नेता गंगाराम चौधरीलाई २४ घन्टे स्पष्टिकरण सोधेकी छन् ।

बिहीबार १६ साउन २०८२ ०६:०१ PM मा प्रकाशित

प्रतिक्रिया