×

कांग्रेस देउवा समूह बैठक आजदेखि, तीन एजेन्डामा केन्द्रित छलफल

images


काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा बिहान ११ बजे बैठक बस्न लागेको हो । बैठकमा गत पुसमा भएको विशेष महाधिवेशन स्वीकार नगरेका प्रदेश कार्यसमिति सभापतिहरूलाई पनि बोलाइएको छ ।

कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् ।

खड्काले आगामी बिहीबार जिल्ला सभापतिहरुको भेला पनि बोलाएका छन् । सोमबार देउवा–शेखर समूहले  महाराजगञ्जमा प्रतिनिधिसभा र राष्ट्रियसभामा नवनिर्वाचित सांसदहरुलाई बधाइ तथा शुभकामना कार्यक्रम गरेको थियो । बिहान ११ बजे बोलाइएको बैठकमा पार्टीको हालै सम्पन्न निर्वाचन परिणाम, १५ औं महाधिवेशनको कार्यतालिका तथा तयारी, र सम्भावनाबारे छलफल हुने जनाइएको छ।

मङ्गलबार १७ चैत २०८२ ०९:४९ AM मा प्रकाशित

प्रतिक्रिया