×

पपुवा न्यूगिनीलाई पराजित गर्दै त्रिकोणात्मक टी-२० श्रृङ्खलाको फाइनल पुग्यो नेपाल

images

काठमाडौं । पपुवा न्यूगिनीलाई पराजित गर्दै नेपाल घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी-२० श्रृङ्खलाको फाइनलमा प्रवेश गरेको छ । ब्याटिङमा दीपेन्द्र सिंह ऐरी र डेब्यु ब्वाए आदिल अन्सारी अनि करण केसीले ह्याट्रिक सहित ५ विकेट लिएपछि बिहीबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा नेपालले पीएनजीलाई ३७ रनले हरायो ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ रोजेको पीएनजीलाई नेपालले २ सय ४ रनको लक्ष्य दिएको थियो । नेपालले दिएको विजयी लक्ष्य पछ्याउने क्रममा पीएनजी १९.४ ओभरमा सबै विकेट गुमाउदै १ सय ६६ रनामा सिमित भयो । पीएनजीलाई हराएसँगै टी-२० श्रृङखलामा लगातार तीन जित निकाल्दै नेपाल फाइनल पुगेको हो ।

बिहीबार १७ चैत २०७८ ०४:१४ PM मा प्रकाशित

प्रतिक्रिया