×

७१ प्रतिशत सङ्गीतकार एआईसँग डराउँछन्– फ्रान्सेली–जर्मन अध्ययन

images

दुई तिहाइभन्दा धेरै सङ्गीतकारलाई कृत्रिम बौद्धिकता (एआई) का कारण जीवनयापन गर्न असम्भव हुने डर रहेको मङ्गलबार प्रकाशित फ्रान्सेली र जर्मन सङ्गीत समाजको अध्ययनले देखाएको छ । 

सङ्गीत उद्योगमा १५ हजारभन्दा बढी व्यक्तिको सर्वेक्षणका आधारमा फ्रान्सको लेखक, सङ्गीतकार र सङ्गीत प्रकाशकहरूको समाज (सेसेम) र यसको जर्मन समकक्षी जिइएमएले ७१ प्रतिशत उत्तरदाताले अब उनीहरूले भविष्यमा गुजारा गर्न नसक्ने जवाफ दिएको बताएका छन् । 

सर्वेक्षणमा ३५ प्रतिशतले पहिलादेखि नै ‘सङ्गीत निर्माणसँग सम्बन्धित क्षेत्रहरूको ठूलो सङ्ख्या’ मा एआई प्रयोग गरिरहेको पाइएको छ । यद्यपि प्रतिवेदनले बजार विश्लेषण र विशेषज्ञहरूसँग पनि गरेको अन्तरवार्तामा सन् २०२८ सम्ममा आम्दानीमा २७ प्रतिशतले कमी आउने अनुमान गरेको छ । यो करिब दुई अर्ब ७० करोड युरो (दुई अर्ब ९० करोड अमेरिकी डलर) बराबर हो । 

करिब ९५ प्रतिशतले एआई उपकरण विकास गर्ने कम्पनीहरूसँग थप पारदर्शिताको माग गरेका छन् । त्यति नै सङ्ख्यामा उनीहरूले राजनीतिज्ञहरूले एआई र प्रतिलिपि अधिकारसँग सम्बन्धित चुनौतीहरूमा धेरै ध्यान दिउन् भन्ने चाहेका छन् । 

सेसेमका प्रबन्ध निर्देशक सेसिल राप–भेबरले यो एआई गतिविधिलाई ‘सुस्त’ बनाउने नभई यसलाई सद्गुणी बनाउने प्रश्न भएको बताउनुभयो । प्रतिवेदनमा उहाँले भन्नुभयो, “हामी एआईद्वारा उत्पन्न सामग्री पहिचान गर्ने उद्देश्यले प्राविधिक समाधान लागु गर्नका लागि यस क्षेत्रमा खेलाडीहरूसँग सक्रियरूपमा काम गरिरहेका छौँ ।”

बुधबार १७ माघ २०८० ११:२३ AM मा प्रकाशित

प्रतिक्रिया