×

रविको फैसलाको पूर्णपाठ नआएसम्म माओवादीले गृहमन्त्रीबारे निर्णय नगर्ने

images

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे  निर्णय नगर्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।  

उपाध्यक्ष महराले भने, ‘अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय हुँदैन, प्रधानमन्त्रीसँगै रहन्छ ।’गत शुक्रबार नागरिकता मुद्दामा रवि लामिछानेको सांसद पद सर्वोच्चबाट बदर भएको थियो।

रविले अमेरिकी नागरिकता त्याग गरे पनि पुन: कायमको प्रक्रिया पूरा भएको देखिएको थिएन। लामिछानेले आइतबार नेपाली नागरिकता पुन: कायम गरिसकेका छन्। रास्वपाले गृहमन्त्रालय आफ्नै भागमा हुनुपर्ने माग राख्दै आएको छ । तर,माओवादीले पार्टीले महत्वपूर्ण मन्त्रालय नलिएको भन्दै गृहमन्त्री अरूलाई नछाड्न प्रधानमन्त्री प्रचण्डलाई दवाव दिइरहेका छन्।

मङ्गलबार १७ माघ २०७९ ०३:०७ PM मा प्रकाशित

प्रतिक्रिया