आहा रारा पोखरा गोल्डकप फाइनलमा पुगे थ्री स्टार क्लब

    images

    पोखरा । जावलाखेल युथ क्लबलाई १-० ले हराउँदै थ्री स्टार क्लब आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।

    थ्रीस्टारको जितका लागि खेलको ७८ औं मिनेटमा दिपेश घलेले एक मात्र निर्णायक गोल गरे । खेलको ६६ औं मिनेटमा आदित्य शाक्यको स्थानमा मैदान प्रवेश गरेका उनले दिपेश आलेमगरको असिस्टलाई सुन्दर फिनिसिङ दिएका हुन् ।

    बुधबार १७ माघ २०८० ०४:५२ PM मा प्रकाशित

    प्रतिक्रिया