काठमाडौं। रास्वपाका सभापति रवि लामिछाने सांसद पद निलम्बन फुकुवाको निवेदन लिएर संसद सचिवालय पुगेका छन्। केही बेरमा सभामुख देवराज घिमिरेलाई भेटेर निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित फुकुवाका लागि आग्रह गर्ने बताएका छन्।
सिंहदरबार जान लागेका रविले आफ्नो दलका सांसदलाई पनि भेटेर पछिल्लो अवस्था र सदनमा खेल्ने भूमिकाबारे ब्रिफिङ गर्ने भएका छन्। प्रतिनिधि सभा बैठकअघि रास्वपा सांसदहरू सभामुख घिमिरेलाई भेट्न सिंहदरबार जाँदैछन्। सभामुख भेट्ने टोलीमा सभापति लामिछाने पनि सहभागी रहेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ७ गतेदेखि स्वत: निलम्बनमा परेको थियो। तर, रास्वपाले भने रविको निलम्बन कानूनसम्मत नभएको बताउँदै आएको छ।
प्रतिक्रिया