×

सांसद पदबाट निलम्बन फुकुवा गर्न सभामुखसमक्ष रविको निवेदन

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद पदबाट गरिएको निलम्बन फुकुवाका लागि सभामुख देवराज घिमिरेसमक्ष माग गरेका छन्।

सहकारी ठगी प्रकरण र सम्पत्ति शुद्धीकरणमा अनुसन्धानको दायरामा रहेका रहेका लामिछाने प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका छन। आजबाट हिउँदे अधिवेशन सुरु हुने भएसँगै लामिछाने सभामुखसँग सांसद पद निलम्बन फुकुवा गरिदिन माग गरेका छन्।

सांसद पद निलम्बन फुकुवाको मागसहित उनी संसद सचिवालय पुगेको बताइएको छ। निलम्बन गैरकानुनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित फुकुवाका लागि उनले आग्रह गरेको बताइएको छ। सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ८ गते संसद सचिवालयले निलम्बन गरेको थियो।

शुक्रबार​ १८ माघ २०८१ १२:४८ PM मा प्रकाशित

प्रतिक्रिया