×

एमाले सरकारमा जान हतार नगर्ने : ओली

images


  काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन् । बुधबार सिन्धुपाल्चोकस्थित पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै उनले एमाले सरकारमा जान हतार नगर्ने बताए । अध्यक्ष ओलीले गठबन्धनका कारण अहिले देशमा ग्रहण लागेको बताए । ओलीले ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्ने बताए । 
“अलिक समय सूर्यलाई पनि ग्रहण लाग्छ ।

सूर्य अत्यन्त शक्तिशाली छ ।नवग्रह तिनै सूर्यबाट निस्किएका ससाना पिण्डहरू हुन्, त्यसैबाट उछिट्टिएका । सूर्य त्यस्तो शक्तिशाली हो । त्यति जाज्वल्यमान, त्यति प्रकाशमान, तापमान, सूर्यलाई पनि कहिले–कहिले ग्रहण लाग्छ । तर ग्रहण सधैँ त लाग्दैन नि,” उनले भने । “देशलाई पनि कहिले–कहिले ग्रहण लाग्छ । एउटा फुच्चे चन्द्रमाले सूर्यमा ग्रहण लगाइदिन्छ । यहाँ त आठ, १० वटा गठबन्धनेहरू छन्, एमालेलाई छेक्न । एमालेलाई ग्रहण लगाउनका लागि आठ, दश वटा एक ठाउँ ठोक्किएर आएका छन्,” ओलीले भने ।
 
 

बुधबार १७ माघ २०८० ०५:३६ PM मा प्रकाशित

प्रतिक्रिया