×

प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री ली खछियाङको बधाई सन्देश, नेपालको समृद्धीमा चीनको पूर्ण साथ

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौँस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत वाङ जिनले शिष्टाचार भेट गरेका छन् । शुक्रबार चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ सीनले बालुवाटार पुगेर प्रधानमन्त्री ली खछियाङको बधाई सन्देश प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री खछ्याङले चीनको पूर्ण साथ रहने बताएका छन् । प्रधानमन्त्री लीले प्रचण्डलाई लिखित बधाई सन्देश पठाउँदै कार्यकाल सफल हुने आशा व्यक्त गर्दै नेपालको स्थायीत्व, विकास र समृद्धी चीन सँधै साथमा रहने बताएका हुन् । दूतावासले प्रधानमन्त्रीलाई उक्त पत्र शुक्रबार हस्तान्तरण गरेको हो । पत्रमा लीले चीन प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको भन्दै दुवै मुलुकका जनताका लागि रणनीतिक साझेदारी कार्यक्रमलाई अघि बढाउने अपेक्षा समेत व्यक्त गरेका छन् ।

‘तपाईं नेतृत्वको सरकारले नेपालको दिगो सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण कदम चाल्ने छ भन्ने आशा छ । नेपालको स्थायीत्व, विकास र समृद्धिको लागि चीन सँधै साथमा रहने छ,’ बधाई सन्देशमा भनिएको छ, ‘तपाईंको यो कार्यकाल सफल हुनेमा चीन विश्वस्त छ । साथै, पूर्ण सहयोग हुने कुरामा पनि विश्वस्त तुल्याउन चाहन्छ।’

शुक्रबार​ १५ पुस २०७९ ०५:११ PM मा प्रकाशित

प्रतिक्रिया