×

नवलपुरमा बस दुर्घटना, पाँच जनाको मृत्यु

images

काठमाडौं। पाल्पाबाट गोरखाको मनकामनाका लागि आउँदै गरेको बस दुर्घटनामा परेको छ। गोरखाको मनकामना दर्शन गर्न आउने तिर्थयात्री बोकेको बस नवलपुरको बुलिङटारमा आज विहान दुर्घटनामा परेको हो ।

ना६ख ७५८० नम्बरको बस अनियन्त्रित भइ सडकदेखि करिब १०० मिटर तल खसेको छ । बसमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य २५ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार सो बस आज बिहान ४ बजे दुर्घटना भएको थियो ।  दुर्घटनाका घाइतेलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको छ । 
 

आइतबार​ १३ कात्तिक २०७९ ०९:०० AM मा प्रकाशित

प्रतिक्रिया