×

रास्वपाको संसदीय दलको बैठक आज भैरहवामा बस्दै

images

भैरहवा ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज भैरहवामा बस्दैछ । 

प्रवक्ता मनिष झाका अनुसार संसदीय दलको बैठक भैरहवाको रमादा होटलमा अपरान्ह १ बजेदेखि ४ बजेसम्म बस्ने भएको हो । रास्वपाका नेताहरु भैरहवा कारागारमा रहेका सभापति रवि लामिछानेसँग भेट गरेपछि आजै भैरहवामा नै संसदीय दलको बैठक बस्ने तयारी गरेका हुन् ।

 

बुधबार १५ साउन २०८२ ११:१३ AM मा प्रकाशित

प्रतिक्रिया