×

विदेश पढ्न जाने विद्यार्थीले पाउने सटही सुविधामा कर बढ्यो

images


काठमाडौं । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा लाग्ने कर बढेको छ । संसदमा  प्रस्तुत भएको आर्थिक विधेयक २०८० ले शिक्षा सेवा शुल्क  बढाएको हो ।

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण श’ल्कवापत विदेशी सटही सुविधा दिँदा त्यस्तो सटही रकममा लाग्ने शिक्षा सेवा श’ल्क तीन प्रतिशत पुर्याइएको छ । यसअघि दुई प्रतिशत रहेकोमा एक प्रतिशत बिन्दुले बढाएर तीन प्रतिशत पुर्‍याइएको हो ।

सरकारले शैक्षिक परामर्शदातामार्फत विदेशमा अध्ययन गर्न नो अब्जेक्सन सर्टिफिकेट लिँदा र विदेशी विश्वविद्यालयमा बैंकबाट विदेशी मुद्रा पठाउँदा सम्बन्धित शैक्षिक परामर्श संस्थाको स्थायी लेखा नम्बर अनिवार्यरुपमा उल्लेख गर्नुपर्ने व्यवस्थासमेत गरेको छ 

मङ्गलबार १६ जेठ २०८० ०९:२६ AM मा प्रकाशित

प्रतिक्रिया