×

रक्षा मन्त्रालय पुगे महावीर पुन, सरकारले थाल्यो वार्ता

images

काठमाडौं। सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता सुरु गरेको छ।

उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता गरेका छन् । अहिले पुन सिंहदरबारस्थित् रक्षा मन्त्रालयमा छन् । आविष्कारका क्षेत्रमा विकास बजेटको एक प्रतिशत बजेट बिनियोजन गर्नुपर्नेलगायत माग राखेर पुन शुक्रबारदेखि धर्नामा छन्। 

रक्षा मन्त्रालयमा केहीबेर अघिबाट सुरु भएको वार्तामा सरकारका मुख्यसचिव शंकरदास बैरागी पनि सहभागी छन्। अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै पुन शुक्रबारबाट अनिश्चितकालीन धर्नामा बसेपछि उनीसँग वार्ता गर्न सरकारलाई चौतर्फी दबाब परेको थियो।

कानूनमन्त्री समेत रहेका रक्षामन्त्री खड्काले सरकार पुनका माग सम्बोधन गर्न सकारात्मक रहेको जवाफ दिएका छन् । अहिले वार्ता जारी छ । पुनसँग उनका केही समर्थकहरु पनि सिंहदरबार पुगेका छन् । हिजो र आज गरेर पुनलाई विभिन्न राजनीतिक दलका नेताहरुले भेटेर उनको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।  

आइतबार​ १७ बैशाख २०८० ०२:०९ PM मा प्रकाशित

प्रतिक्रिया