×

नेपाली भाषामा दिनुपर्ने परीक्षा अब दुई भाषामा

images

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को निर्णयविपरीत सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा विषयमा प्रश्नपत्र र उत्तर पनि नेपाली र अंग्रेजी भाषामा दिने पाइने व्यवस्था गर्न लागेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अध्यक्ष रहने परिषद्मा सो परिषद्को बैठक नबस्दै बोर्डका अध्यक्ष महाश्रम शर्मा र सदस्यसचिव दुर्गाप्रसाद अर्यालले ठाडो निर्णय गरी सामाजिक अध्ययन विषयको प्रश्नपत्र अंग्रेजी र नेपाली भाषामा तयार गर्न लागेको हो ।

बोर्डका अध्यक्ष शर्मा र सदस्य सचिव अर्यालले कूटनीतिक नियोग, जापानमा सञ्चालित एभरेस्ट स्कुल र केही निजी विद्यालयको दबाब थेग्न नसकेर दुई भाषामा प्रश्नपत्र बनाउने तयारी गरेका हुन् । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ मा मातृभाषा वा नेपाली भाषा उल्लेख छ । सामाजिक अध्ययन र मानव मूल्य÷चारित्रिक शिक्षालगायत नेपाली कला, संस्कृति र मौलिक पहिचानमूलक विषयवस्तुबाहेक अन्य विषयका लागि भने अंग्रेजीलाई पनि माध्यम भाषा बनाउन सकिने नीतिमा उल्लेख गरिएको छ ।

त्यस्तै, माध्यमिक तहमा भने नेपाली वा अंग्रेजी माध्यम भाषा हुने छ तर सामाजिक अध्ययन र मानवमूल्य÷चारित्रिक शिक्षालगायत नेपाली कला, संस्कृति र मौलिक पहिचानमूलक विषयवस्तुको पठनपाठनका लागि पाठ्य सामग्री र माध्यम नेपाली भाषा हुने उल्लेख छ । नेपाल समाचारपत्र दैनिकबाट

आइतबार​ १७ बैशाख २०८० ०८:५४ AM मा प्रकाशित

प्रतिक्रिया