×

सत्तारूढ दलहरूसँग छलफल गरेर चुनावी तालमेलको मोडालिटी बनाउँछौं: सिंह

images

नेपाली काँग्रेस नेता प्रकाशमान सिंहले गठबन्धनको औचित्य अझै  नसकिएकाे बताएका छन् । गठबन्धनको औचित्य अझै रहेकोले कांग्रेसले चुनावी तालमेलको निर्णय केन्द्रीय समितिबाट गरेको उनले बताए।

‘कहाँ कसरी तालमेल गर्ने भन्नेबारे गठबन्धनभित्रका दलहरूसँग छलफल हुन्छ, त्यसपछि मोडालिटी तयार गर्छौं,’ काठमाडौंको बुद्धनगरमा आज बिहान आयोजित कार्यक्रममा उनले भने।  नेपाली नागरिकलाई अधिकार दिलाउने पार्टी काँग्रेस भएकाे कुरा नबिर्सन उनले सबैमा अपिल गरे । बुधबार काठमाडौंको बुद्धनगरमा आयाेजित स्थानीय नागरिकहरुसितकाे भेटघाटका क्रममा उनले चुनावीमा जनताले पार्टीहरुकाे लेखाजोखा गर्ने बेला आएकाे बताए  ।  "कसले कुन समयमा देश र जनताका लागि के गर्याे ? यसकाे सही मुल्यांकन गर्नुपर्छ ।

क्षणभरको घटनाक्रम मात्रै नभई विगतकाे पनि समीक्षा गरेर आफ्नो मत दिनुहुन मेराे आग्रह छ ,"  सिंहले भने । जनतालाई भ्रम छरेर क्रान्तिकारी कुरा गरेर राजनीतिमा आएकाे पार्टी विवेकशील साझाकाे हालत के भयाे भन्दै प्रश्न गरे । राजनीतिमा नारा र भाषणले मात्रै  चल्दैन भने कुरा  पुष्टि भएकाे सिंहले बताए । उनले भने,  "आज ती पार्टीका नेताकाे गतिविधि कस्तो छ ? पार्टी कस्ताे छ ?  सबैले देखे सुनेकै हाेला ? भ्रम छर्नेहरु बिस्तारै जनता माझ नाङि्गदै गएका छन्।"

उनले ०७९ वैशाख ३० मा हुने स्थानीय चुनावका लागि तयारी गर्नुपर्ने बताए। काठमाडौं महानगरको विकास गर्न सक्ने मेयर छान्नुपर्ने उनले बताए। उनले भने महानगरबासीले जनताले तिरेकाे कर बैंकमा जम्मा गरेर ब्याज खाने खालको मेयर छान्ने कि जनताकाे करबाट रहरलाग्दो शहर बनाउने मेयर छान्ने भन्ने फैसला गर्ने बेला आएकाले उनले बताए ।

बुधबार १६ चैत २०७८ ११:४० AM मा प्रकाशित

प्रतिक्रिया