×

मेयर बालेनले भेटे प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले भेटेका छन् । मेयर साहले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा उनीहरुबीच काठमाडौँ महानगरलाई सफा, सुन्दर र आकर्षक बनाउने तथा विकासको निर्माणको कामलाई कसरी गति दिन सकिन्छ भन्ने विषयमा कुराकानी भएको थियो।

सो अवसरमा प्रधानमन्त्री दाहालले महानगरको काम कारबाहीको बारेमा चासो राखेका थिए। काठमाडौँका प्रमुख शाहले महानगरको काम कारबाहीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। पछिल्लो समय मेयर साहविरुद्धको जनमत बढ्न थालेको छ । आइतबार मात्रै काठमाडौंमा उनीविरुद्ध आन्दोलन भएको थियो ।

गरीबको उठिबास लगाउन खोजेको, सम्पदा मास्न खोजेको आरोप बालेनमाथि छ । महानगरले मनपरिरुपमा डोजर चलाउन थालेपछि विरोध हुन थालेको हो ।

सोमबार १६ माघ २०७९ ११:२८ AM मा प्रकाशित

प्रतिक्रिया