×

भेगन महोत्सव फाल्गुन १९ गते बौद्धको उत्पला क्याफेमा हुने

images

स्नेहाज केयरले १९ फागुनमा भिगन फेस्टिबल (विरुवामा आधारित आहार) आयोजना गर्ने भएको छ । बनस्पतिमा आधारित जीवन शैलीलाई प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१८ देखि हरेक बर्ष भिगन महोत्सव आयोजना गर्दै आएको छ । ‘विरुवामा आधारित आहारको उभोगले मानिसको स्वास्थ्य र पर्यावरणका लागि पनि फाइदा हुनुका साथै पशु कल्याणमा पनि टेवा पुग्छ ।’ स्नेहाज केयरकी संस्थापक स्नेहा श्रेष्ठ बताउँछिन् । सो महोत्सवमा वनस्पतिमा आधारित खानाका परिकार चाख्न पाइने छ । साथै भिगन रेस्टुरेन्ट र भिगन सामाग्री विक्रेताका स्टलहरु समेत रहने छन् । लाइभ म्यूजिक, नृत्य, वृत्तचित्र प्रस्तुतीका साथै बालबालिकाकालागि प्रतिस्पर्धात्मक खेलहरु समेत महोत्सवमा रहेका आयोजक संस्थाले जनाएको छ ।


बौद्धको साकाहारी उत्पला क्याफेमा हुने सो फेस्टिबलका लागि ग्रासरुट मेभमेन्ट इन नेपाल र नेपाल होमस्टे टुरिजम सर्भिसेजसँग स्नेहाज केयरले सहकार्य गरेको संस्थापक श्रेष्ठले बताइन् । भेगान ट्राभल्स एसिया र साकाहारी यात्रा फाउन्डेसनले वृत्तचित्र स्क्रिनिङ्गको प्रायोजना गरेको छ ।

कार्यक्रमलाई फिलान्थरोपीले आर्थिक सहयोग गर्नेछ । नेपाल होमस्टे टुरिजम सर्भिसेजले होमस्टेमा समेत साकाहारी खानाको प्रवद्र्धन गर्दै आएको प्रबन्ध निर्देशक विकेश श्रेष्ठले बताए । ग्रासरुट मेभमेन्ट इन नेपालका संस्थापक लोप्साङ नेपालीले जनचेतना जगाउनका लागि फेस्टिबेल महत्वपूर्ण हुने बताए । २०७२ सालमा स्थापना भएको स्नेहाज केयरले पशुपंक्षीको उपचार, उद्धार तथा पुर्नस्थापनाका लागि विभिन्न गतिविधिहरु संचालन गर्नुका साथै सामुदायिक कुकुरहरुको जनसंख्या नियन्त्रणका लागि काम गरेको छ । ‘अव्यवस्थित पशु ढुवानीका कारण पशुप्रति भइरहेको क्रुरता कम गर्नका लागि काम भइरहेको छ । पशु कल्याण ऐन ल्याउनका लागि समेत संस्थाले बहस पैरवी गरिरहेको छ ।’ स्नेहा श्रेष्ठ बताउँछिन् ।

मङ्गलबार १६ माघ २०८० ०५:२९ PM मा प्रकाशित

प्रतिक्रिया