×

सहकार्य र मोर्चा बन्दीका लागि मधेशकेन्द्रित ८ दलको बैठक सिंहदरबारमा जारी

images

काठमाडौं । मधेसवादी दलका बिचमा सहकार्य र मोर्चा बन्दीका लागि कार्यदलको बैठक जारी रहेको छ । आठ दलबीच मुद्दाकेन्द्रित सहकार्यका लागि छलफल गर्न सबै दलले वार्ता समिति बनाएका छन् । वार्ता समितिका नेताहरूबीच नै अहिले छलफल चलिरहेको हो ।

 बैठक उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले बोलाएको हो । जसपा नेपालले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा वार्ता समिति गठन गरेको छ । सोही वार्ता समितिले अन्य दलका वार्ता समितिहरूसँग छलफलका लागि बैठक बोलाएको हो । बैठकमा जनता समाजवादी, जनमत पार्टी, जसपा नेपाल, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील र तराई मधेश लोकतान्त्रिक पार्टीका नेता उपस्थित छन् ।

बैठकमा जसपाबाट रेणु यादव, जनमतबाट शरद सिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव, राम कुमार शर्मा र मनिष सुमन, नागरिक उन्मुक्तिबाट लालबिर चौधरी र गंगा चौधरी, लोसपाबाट सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट राम नरेश राय, केशव झा र सन्तोष मेहता, जनता प्रगतिशीलबाट हृदयेश त्रिपाठी, शिवजि यादव र सब्बीर हुसैन तथा तमलोपाबाट वृषेश चन्द्र लाल र विजय सिंह सहभागी छन्।

बिहीबार १७ माघ २०८१ ०४:०५ PM मा प्रकाशित

प्रतिक्रिया