×

एएफसी एशियन कप फुटबल-कतार र जोर्डन क्वाटरफाइनलमा

images

काठमाडौं । कतार र जोर्डन एएफसी एशियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति प्यालेस्टाइनविरुद्ध २–१ गोलको पुनरागमन जीत निकाल्दै आयोजक कतारले अन्तिम ८ मा स्थान पक्का गरेको हो । ओडे दब्बाघले ३७ औं मिनेटमा गोल गर्दै प्यालेस्टाइनलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको अतिरिक्त छैटौं मिनेटमा कतारले बराबरी गरेको थियो । कतारका हसन अल हाइड्सले गोल गर्दै घरेलु टोलीलाई १–१ को बराबरीमा ल्याएका थिए । अकरम अफीफले ४९ औं मिनेटमा गोल गरेपछि कतारले २–१ गोलको अग्रता बनाएको थियो । त्यसपछि दुवै टिमबाट थप गोल हुन सकेन ।

यस्तै, दश जनामा सीमित इराकविरुद्ध इन्ज्युरी समयमा दुई गोलका साथ नाटकीय पुनरागमन गर्दै जोर्डन पनि एसियन कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । जोर्डनले इराक विरुद्ध ३-२ को जीत निकाल्दै अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो ।

मङ्गलबार १६ माघ २०८० ०१:३० PM मा प्रकाशित

प्रतिक्रिया