×

साताको अन्तिम दिन नेप्से परिसूचक ५६.८८ अंकले बढ्यो

images

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ५६.८८ अंकले बढेको छ। आज नेप्से परिसूचक २.८८ अंकले बढेर २०२९.०३ बिन्दुमा पुगेर बन्द भएको छ।नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ। चार महिनापछि सेयर बजार परिसूचक नेप्से दुई हजार अंकको बिन्दु पार गरेको हो ।

साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ५६.८८ अंक (२.८८ प्रतिशत)ले वृद्धि हुँदा २०२९.०३ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा करिब ३ अर्बको कारोबार भएको छ ।

बिहीबार वित्त कम्पनी उपसूचक सर्वाधिक ५.३८ प्रतिशतले वृद्धि हुँदा हाइड्रोपावर उपसूचक पनि ४.९२ प्रतिशतले वृद्धि भएको छ । नेप्सेमा उच्च वृद्धि हुँदा बिहीबार २ अर्ब ८६ करोड ३ लाख ४६ हजारको सेयर कारोबार भएको छ ।

जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक १२ करोड १४ लाख ७२ करोडको कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको १० करोड ९२ लाख ४८ हजारको कारोबार भएको छ । त्यस्तै रिडी पावर कम्पनीको १० करोड १४ लाख २७ हजारको कारोबार भएको छ । बिहीबार नेप्सेमा २१४ कम्पनीको सेयर कारोबार हुँदा २०८ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ६ कम्पनीको सेयरमूल्यमा भने गिरावट भएको छ ।

बिहीबार नेप्सेमा कारोबार भएकामध्ये ७ कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।

बिहीबार १४ पुस २०७९ ०३:३७ PM मा प्रकाशित

प्रतिक्रिया