×

दुर्घटनामा ३६ जना घाइते

images

 

दमौली (तनहुँ), १३ मङ्सिर : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । धरानबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ७८९५ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट तल खस्दा ३६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेमध्ये केहीलाई पोखरा लैजाने तयारी भइरहेको छ ।

बुधबार १३ मंसिर २०८० ०२:०३ PM मा प्रकाशित

प्रतिक्रिया