×

हिमालयन बैंकको एफपिओ बाँडफाँड

images

काठमाडौँ । हिमालयन बैंक लिमिटेडको एफपिओ बाँडफाँड भएको छ । मंगलबार वितरण हिमालयन बैंक लिमिटेडको कमलादीस्थित कार्यालय परिसरमा एफपीओ बाँडफाँड भएको हो । स्वीकृत भएका १७ लाख ६ हजार ३११ आवेदन मध्ये लक्की ड्र बाट  ९ लाख २५ हजार ४६ आवेदकले १०-१० कित्ता सेयर पाएका छन् भने ९ जनाले एक एक कित्ता सेयर पाएका छन् ।  

एफपीओमा १८ लाख २५ हजार ९२२ आवेदकहरूले कुल ३ करोड ८५ लाख ९१ हजार १६० शेयरको लागि आवेदन पेश गरेकोमा १७ लाख ६ हजार ३११ आवेदन स्वीकृत भएका थिए । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुरुप कम्पनीले सर्वसाधारण समूहमा सेयर हिस्सा ३० प्रतिशत कायम गर्न आम सर्वसाधारणका लागि असार ३२ गतेदेखि साउन ४ गतेसम्म एफपीओ जारी गरेको थियो ।

बैंकले एक अर्ब ४५ करोड २३ लाख बराबरको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गरेको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा बैंक, विकास बैंक, फाइनान्स तथा लघुवित्तले सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत सेयर जारी गर्नैपर्ने व्यवस्था छ ।

हाल सर्वसाधारण समूहमा बैंकको सेयर हिस्सा जम्मा २७ प्रतिशत छ । अंकित मूल्य १ सयमा ५७ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता १५७ रुपैयाँका दरले बैंकले एफपीओ जारी गरेको थियो । 

मङ्गलबार १४ साउन २०८२ ११:३४ AM मा प्रकाशित

प्रतिक्रिया