×

बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द

images

बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्गको नवलपरासी खण्ड बन्द भएको छ । नवलपरासी पूर्व नवलपुरको अरुणखोला दुम्किबास खण्डमा रहेका तीन वटा डाइभर्सन बाढीले बगाएको छ ।

अहिले यातायात पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका निमित्त सूचना अधिकारी जयराम वन्तले बताउनुभयो । नारायणगढ बुटवल सडक विस्तारका क्रममा पुल निर्माण स्थलमा बनाइएका डाइभर्सन बाढीले बगाएको हो ।

पानी निरन्तर परेकाले तत्काल मर्मत गरी यातायात सञ्चालनमा ल्याउन कठिन रहेको वन्तले बताउनुभयो ।

बुधबार १५ असार २०७९ १२:२६ PM मा प्रकाशित

प्रतिक्रिया