×

सरकारी निकायमा रहेका पुराना गाडी ६ महिनाभित्र लिलामी गरिने

images

काठमाडौं । सरकारले विभिन्न सरकारी निकायमा रहेका पुराना तथा प्रयोगविहीन अवस्थामा रहेका गाडीलाई ६ महिनाभित्रमै लिलामी गर्ने भएको छ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै सो जानकारी गराएका हुन्।

उनले सरकारी निकायमा रहेका पुराना र प्रयोगविहीन सवारी साधनलगायत सामान ६ महिनाभित्र लिलाम गरिने बताए।

सोमबार १५ जेठ २०८० ०८:०७ PM मा प्रकाशित

प्रतिक्रिया