×

महावीर पुनको आन्दोलनलाई रास्वपाको समर्थन

images

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा वैज्ञानिक महावीर पुनलाई शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भेटेका छन्।

माइतीघरमा शुक्रबारदेखि अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोषको कार्य अघि बढाउनुपर्ने, अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तिमा १ प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिएका पुनलाई सभापति लामिछानेले भेटेर उनको आन्दोलनमा रास्वपाको समर्थन रहेको बताएका हुन्।

भेटमा लामिछानेले पुनलाई आफ्ना २१ जना सांसद्‍हरुको समर्थन रहेको बताएका छन्।

पुनले आफ्नो आन्दोलन सबै सानातिना समस्या पूरा गर्नको लागि अर्थतन्त्र सुधार्ने जन आन्दोलन भएको बताए । आफूले यो आन्दोलन मनलाग्दी रूपमा नल्याएकोले निचोडमा पुगेरै छोड्ने प्रतिबद्धता उनले जनाए । संसारमा नवप्रवर्द्धन र आविष्कारको क्षेत्रमा लगानी नगरी अर्थतन्त्र चलायमान बन्न नसक्ने पुनको भनाइ छ ।  

शनिबार १६ बैशाख २०८० ०८:०२ PM मा प्रकाशित

प्रतिक्रिया