×

कोरोनाको नयाँ भेरियन्ट, चीनको सांघाइ सहरमा चरणबद्ध लकडाउन

images

एजेन्सी । कोरोनाको नयाँ भेरियन्ट फैलिन थालेपछि चीनको सबैभन्दा ठूलो सहर सांघाईले चरणबद्ध रुपमा लकडाउन गरेको छ ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण चरणबद्ध रुपमा लकडाउन गरेको हो । परीक्षणको पाँच दिनका लागि यसको पूर्वी भागमा लकडाउन गर्ने भएको हो । त्यस्तै, पश्चिमी भागमा १ अप्रिलदेखि लकडाउन हुनेछ । २ करोड ५० लाख जनसंख्या भएको महानगरमा पछिल्ला दिनमा प्रकोपको प्रमुख हटस्पट बनेको छ । भने स्वास्थ्यकर्मीहरूले सामूहिक परीक्षण गर्न थालेका छन् ।

त्यस्तै संक्रमण फैलन थालेसँगै आफ्नो कारखाना लकडाउन क्षेत्रमा रहेकाले आफ्ना उत्पादन बन्द गर्ने अमेरिकी कार निर्मार्ता टेस्लाले जनाएको छ । चरणबद्ध तालाबन्दीका कारण चीनको आर्थिक हबका लाखौं मानिसहरू आफ्नो घरभित्रै सीमित हुँदा विश्व तेलको मूल्यमा तीब्र वृद्धि भएको छ ।

ऊर्जा मागको त्रासबीच अमेरिकी बेन्चमार्क तेल सम्झौता वेस्ट टेक्सास इन्टरमिडियट (डब्लूटीआई)मा पाँच प्रतिशतले गिरावट आएको छ । सहरको पूर्वी आधा भागमा लकडाउन गरिएको छ । तर, बन्दरगाह र सहरका दुई विमानस्थलहरु भने खुला छन् ।

चीनमा आइतबार एकै दिन कोभिडका ४ हजार ५ सय संक्रमित देखिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा १ हजार कमी हो । संक्रमण बढेसँगै विभिन्न सहरमा लागू भएका लकडाउनले लाखौँ मानिस प्रभावित भएका छन् ।

मङ्गलबार १५ चैत २०७८ १०:५८ AM मा प्रकाशित

प्रतिक्रिया