काठमाडौँ । आज एकैदिन सुनको भाउ तोलामा २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ थियो।
आजको मूल्य वृद्धिसँगै १० ग्राम सुनको भाउ २ लाख ९० हजार ८९५ रुपैयाँ पुगेको छ। त्यसैगरी, आज चाँदीको भाउ पनि बढेर तोलामा ७ हजार ५०५ रुपैयाँ र १० ग्रामको ६ हजार ४३४ रुपैयाँ कायम भएको संघले जनाएको छ। आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो ।
गएका एक सातामै सुनको भाउ तोलामा ५७ हजार पाँचसय रुपैयाँ बढेको छ। सुनको भाउ गएको मंगलबार तोलामा तीनसय रुपैयाँ बढेर तीन लाख नौ हजार तीनसय रुपैयाँ पुगेको थियो।
सोमबार तोलामा पाँचहजार दुईसय बढेको सुनको भाउ आइतबार तोलामा दुई हजार चारसय र गएको शुक्रबार तोलामा नौहजार दुई सय रुपैयाँ बढेको थियो। गत साताको बुधबार एकैदिनमा १० हजार चारसय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार तोलामा २९ सय घटेको थियो।
प्रतिक्रिया