×

नेकपा एसको केन्द्रीय परिषद् बैठक आज पनि बस्दै

images

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठक आज सम्पन्न हुने भएको छ । यसअघि हिजो बसेको बैठकमा अध्यक्ष माधवकुमार नेपालको ३४ पृष्ठ लामो प्रतिवेदनलाई १२ बुँदामा प्रस्तुत गरिएको छ ।

अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिदेखि आगामी कार्य योजनासम्म समेटिएका छन् । राष्ट्रिय राजनीतिको वर्तमान चरित्रबारे व्याख्या गरिएको छ । प्रतिवेदनमा वर्तमान राजनीतिक शक्तिलाई ‘दक्षिणपन्थी अवसरवादी र वाम-लोकतान्त्रिक’ गरी दुई धारमा व्याख्या गरिएको छ । 

प्रतिवेदनमा वर्तमान वाम-लोकतान्त्रिक गठबन्धनको औचित्य र आवश्यकताबारे व्याख्या गरिएको छ । देशभरबाट करिब एक हजार ५०० सहभागी केन्द्रीय परिषद्मा छलफल भएपछि उक्त प्रतिवेदन परिमार्जनसहित पारित हुने बताइएको छ ।
 

मङ्गलबार १४ असार २०७९ ०१:१३ PM मा प्रकाशित

प्रतिक्रिया