×

रोड युएफसीमा नेपाली फाइटर रविन्द्र ढाँटको ऐतिहासिक जित

images

काठमाडौं । नेपाली फाइटर रविन्द्र ढाँट रोड टु युएफसीमा विजयी भएका छन् । यससँगै ढाँट युएफसीमा विजयी हुने पहिलो नेपाली फाइटर बनेका छन् । ढाँटले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराए ।

विश्व प्रतिष्ठित च्याम्पियनसिप युएफसीको छनोट प्रतियोगितामा उनले सोझो जित निकालेका थिए । यससँगै ढाँट युएफसीमा विजयी हुने पहिलो नेपाली फाइटर बनेका छन् ।  रविन्द्रले दोस्रो राउन्डमा आफ्ना प्रतिद्वन्द्वीलाई भुइँमा ढालेर लगातार मुक्का प्रहार गर्दै ’नकआउट’ जित सुनिश्चित गरेका थिए । 

पहिलो राउन्डको सुरुवाती मिनेटमा केही असहज परिस्थितिको सामना गरे पनि उहाँले आक्रामक रक्षा गर्दै प्रतिद्वन्द्वीका हरेक प्रहारको कडा जवाफ फर्काए । दोस्रो राउन्डमा  ’क्लिन्च’ को उत्कृष्ट प्रयोग गर्दै विपक्षाी जोनलाई पूर्णरूपमा दबाबमा राखे । 

नेपालको बझाङका फाइटर ढाँटले अब बहुप्रतीक्षित युएफसी सम्झौता प्राप्त गर्नका लागि अझै दुई वटा भिडन्त जित्नुपर्ने छ र ’रोड टु युएफसी सिजन ५’ को ब्यान्टमवेट विधाको ८–फाइटर सम्मिलित ’सिङ्गल–एलिमिनेसन’ प्रतियोगिताको च्याम्पियन बन्नुपर्ने छ ।

’रोड टु युएफसी’ मा आबद्ध हुनुअघि व्यावसायिक एमएमए ढाँटको नाममा ९ जित र १ हारको कीर्तिमान थियो ।

बिहीबार १४ जेठ २०८३ ०७:३३ PM मा प्रकाशित

प्रतिक्रिया