×

प्रतिनिधिसभामा विपक्षी दलहरूद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

images

काठमाडौं। प्रतिनिधिसभामा विपक्षी दलहरूले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेको प्रस्तावमा आन्दोलनरत शिक्षकहरूको माग र समाधानसहितका ६ बुँदा छलफलका लागि ध्यानाकर्षण गराइएको छ। प्रस्तावमा रास्वपाबाट सन्तोष परियार, नेकपा एसबाट शेरबहादुर कुँवर, आमजनता पार्टीबाट प्रभु साह र जनमोर्चाबाट चित्रबहादुर केसीले समर्थन जनाएका छन्।

उनीहरूले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्वको प्रस्ताव लगेका हुन्। विगतमा नेपाल सरकार र नेपाल शिक्षक महासंघ बीच भएका सम्झौताहरु कार्यान्वयनको लागि नेपाल शिक्षक महासंघको आव्हानमा २७ औं दिनसम्म जारी रहेको शिक्षक सडक आन्दोलदनप्रति हामीहरूको गम्भीर ध्यानाकर्षण भएको प्रस्तावमा उल्लेख छ।

विद्यालय शिक्षा जस्तो महत्वपूर्ण विषयप्रति सरकारको वेवास्ता गैह्रजिम्मेवारपूर्ण व्यवहारको द्योतक भएको उल्लेख गर्दै संसद्मा छलफल आवश्यक रहेको भनिएको छ। त्यसैगरी विगत लामो समयदेखि आफ्नो पेशागत हक अधिकारका लागि आन्दोलनरत चिकित्सकहरुको आवाजलाई समेत सरकारले वेवास्ता गर्दै आइरहेको विपक्षीहरूको भनाइ छ।

सोमबार १५ बैशाख २०८२ ०३:३१ PM मा प्रकाशित

प्रतिक्रिया