×

सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु भएर गयो ६.१ रेक्टर स्केलको भूकम्प

images

काठमाडौं  । काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।

शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्र सिन्धुपाल्चोक आसपास रहेको जनाएको छ । भूकम्प ६.१ रेक्टर स्केलको रहेको केन्द्रले जानकारी दिएको छ ।

रातको समयमा भएपनि धक्का महसुस पछि स्थानीय घरबाहिर निस्किएका थिए ।  भूकम्पबाट भएको क्षतिको विवरण आउन भने बाँकी रहेको छ ।

शुक्रबार​ १६ फागुन २०८१ ०८:२१ AM मा प्रकाशित

प्रतिक्रिया