×

सन्दीपलाई यूएई पठाउन क्यानले आईसीसीसँग माग्यो अनुमति

images

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई यूएई पठाउने प्रक्रिया सुरु गरेको छ। क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीपलाई यूएईमा जारी आइसीसी विश्वकप लिग २ अन्तर्गत पपुवा न्यु गिनी र यूएई सम्मिलित सिरिजका लागि सन्दीपलाई पठाउनका लागि सोमबार देखि नै प्रक्रिया सुरु गरिसकेको बताएका छन्।

सन्दीपलाई सोमबार सर्वोच्च अदालतले विदेश जानका लागि अनुमति दिएसँगै क्यानले खेलाडी  परिवर्तनका लागि प्रक्रिया सुरु गरेको बताएको हो। प्रतियोगिताका क्रममा कुनै देशले आफ्नो स्क्वाडमा परिवर्तन गर्नु परेमा आईसीसीसँग अनुमति लिनुपर्ने हुन्छ । सन्दीपलाई यूएई सिरिजमा पठाउनका लागि क्यानले सोमबार नै आइसीसीलाई पत्रचार गरेको छ।  

१५ सदस्यीय टिम शनिवार यूएई गएको थियो र हिजो पहिलो खेल नेपालले खेलिसकेको छ । बाँकी तीन खेलका लागि क्यानले सन्दीपलाई टिममा प्रतिस्थापन गर्न चाहेको हो । कुन खेलाडीको स्थानमा सन्दीपलाई राख्ने भन्ने निधो भई नसकेको पाठकले उल्लेख गरे ।  

आईसीसीको टेक्निकल कमिटी तथा डभलपमेन्ट हेर्ने अधिकारीहरूसँग कुरा भइरहेको पाठकले बताए । आइसीसीबाट अनुमति मिलेको खण्डमा आजै भिसा अप्लाइ गरिने पाठकले बताए । सन्दीपलाई यूएई लगेर फर्काउने जिम्मा क्यानले नै लिने सचिव पाठकले बताए। सन्दीप हाम्रो खेलाडी हो, हाम्रो खेलाडीको जिम्मा हामी लिन्छौ। 

मङ्गलबार १६ फागुन २०७९ ०१:०९ PM मा प्रकाशित

प्रतिक्रिया