काठमाडौं । नेपाल एसीसी पुरुष यू-१९ प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ । नेपालले समुह ए अन्तर्गतको खेलमा हङकङलाई ११९ रनले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
नेपालले दिएको २७१ रनको लक्ष्य पछाएको हङकङले ४०.५ ओभरमा अल आउट हुदै १५१ रन बनाएको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउदै २७० रन बनाएको थियो ।
यो जितपछि नेपालले समुह ए मा दुवै खेलमा जित हासिल गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । नेपालले अब सेमिफाइनलमा मलेसियाको सामना गर्ने छ । सेमिफाइनल खेल शनिबार हुने तालिका रहेको छ ।
प्रतियोगिताका शिर्ष तीन देशले डिसेम्बरमा युएईमा हुने यू-१९ एशिया कपमा छनौट हुने छन् । यू-१९ एशिया कपका लागि आइसीसीका पुर्णकालिन सदस्य देश अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका सिधै छनौट भएका छन् ।
प्रतिक्रिया