×

नबिल बैंकको संस्थापक शेयर बिक्री खुला

images

 नबिल बैंकले आफ्नो संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयरको बिक्री खुला गरेको छ । बैंकले आजदेखि एक लाख कित्ता संस्थापक शेयर बिक्री खुला गरेको हो ।

बैंकले बिक्री खुला गरेको उक्त संस्थापक शेयर पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन सकिनेछ । बैंकले शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय तिनधारा, विणामार्ग, काठमाडौं स्थित कार्यालयमा आवेदन आग्रह गरेको छ ।

विद्यमान संस्थापक शेयरधनीहरुबाट खरिद लागि पर्याप्त आवेदन नपरे बैंकले दोस्रो चरणमा आम सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्नेछ ।

आइतबार​ ११ मंसिर २०७९ १२:२५ PM मा प्रकाशित

प्रतिक्रिया