×

छठ पर्वको मुख्य दिन: अस्ताउदो सूर्यलाई दिइयो अर्घ

images

काठमाडौँ । आज छठ पर्वको मुख्य दिन, अस्ताउदो सूर्यलाई अर्घ दिइएको छ । देशका तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा निर्माण गरिएका छठ घाटमा पुगेर ब्रतालुहरुले अस्ताउदो सूर्यलाई अर्घ दिएका छन् । 

व्रतालुहरू आज पानीसमेत नखाइकन निराहार बसेका थिए । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा बनाइएका छठ घाटमाप उगेर अस्ताउँदो सूर्यको पूजा गर्दै अर्घ चढाएका छन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् । प्रातःकालीन अर्घका लागि केही व्रतालुहरू आज रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् ।

आज जलाशय क्षेत्रमा रातभर भजन कीर्तन र नाचगान हुने गर्दछ । घाटलाई पनि बेहुली झैँ सिङ्गारिएको छ । छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ । केही भक्तजन घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् ।

भोली बिहान उदाउदो सुर्यलाई अर्घ चढाएपछि छठ पर्व सकिन्छ  ।  

 

Single Image

Single Image

Single Image

Single Image

सोमबार ११ कात्तिक २०८२ ०८:५७ PM मा प्रकाशित

प्रतिक्रिया