×

शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका युवकको मृत्यु

images

धनगढी, साउन ११ — कैलालीको धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका एक युवकको थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ का ३५ वर्षीय ज्योति चौधरी रहेका छन्।   

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीले आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते अवस्थामा परिवारका सदस्यहरूले उनलाई उद्धार गरी तत्काल सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए।   

अस्पतालमा प्रारम्भिक उपचारपछि चिकित्सकहरूले उनको शरीरको ठूलो भाग जलेकाले थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान सिफारिस (रिफर) गरेका थिए। परिवारजनले उनलाई एम्बुलेन्समार्फत काठमाडौं ल्याउँदै गर्दा बाटोमै निधन भएको प्रहरीले जनाएको छ।   

प्रारम्भिक जानकारी अनुसार घरायासी विवादका कारण उनले आत्मदाहको प्रयास गरेको बुझिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारीले जानकारी दिएका छन्।

सोमबार ११ साउन २०८३ १२:४८ PM मा प्रकाशित

प्रतिक्रिया