×

गणतन्त्र विरोधीहरु जनताका अधिकार खोस्न उद्यत छन् : अध्यक्ष दाहाल

images

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र विरोधीहरु जनताका समावेशी अधिकार र समानुपातिक अधिकार खोस्न उद्यत रहेको बताउनुभएको छ ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै अध्यक्ष दाहालले यथास्थितिवादीहरु  माओवादी केन्द्रलाई घेरा हालेर सिध्याउनु पर्छ भनेर लागिपरेको आरोप लगाउनुभयो । माओवादी जनयुद्ध र उन्नाइस दिनको जनआन्दोलनबाट प्राप्त उपलब्धि खोस्न सके माओवादीलाई सिध्याउन सकिन्छ भन्नेमा प्रतिगमनकारी र प्रतिक्रान्तिकारी  लागेको उहाँको भनाइ थियो । 

“अबको निर्वाचनमा माओवादी हार्दा गणतन्त्र नै हार्ने खतरा छ, समावेशिता र समानुपातिकता खोसिने खतरा छ”, उहाँले भन्नुभयो । परिवर्तनका लागि अग्रणी भूमिका खेलेको माओवादीले अबको निर्वाचन जिते मात्र देशमा सामाजिक न्याय र समृद्धिको बाटो खुल्ने अध्यक्ष दाहालले उल्लेख गर्नुभयो । निर्वाचनमा विजय हासिल गरेर उपलब्धिको रक्षा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

आइतबार​ १३ चैत २०७८ ०८:३८ AM मा प्रकाशित

प्रतिक्रिया