काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले रहर गर्दैमा गणतन्त्र नजाने बताएका छन् । जनताको प्रत्यक्ष सहभागितामा संविधानसभामार्फत् गणतन्त्र आएकाले कसैले रहर गर्दैमा नहट्ने उनको भनाइ छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित कार्यक्रममा सभापति देउवाले भने, ‘हामी सबैले लडेर यो व्यवस्था ल्याएका हौं । जनताको इच्छाअनुसार संविधानसभामार्फत गणतन्त्र आएको हो । कसैले रहर गरेर हुने कुरा छैन,’ उनले भने, ‘गणतन्त्र हट्नेवाला छैन । कसैले आशा नगरे हुन्छ ।’
सभापति देउवाले संविधानमा व्यवस्था रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व पनि अहिले हटाउन नसकिने बताए । नेपालमा अहिलेको व्यवस्था आउन बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायतका नेताहरुको महत्वपूर्ण योगदान रहेको बताउँदै उनले कसैको रहरमा यो व्यवस्था नउल्टिने बताए ।
प्रतिक्रिया